राजकुमार भुजेल, दोलखा । जिल्ला ट्राफिक कार्यालय दोलखाले ट्राफिक नियम उल्लघंन गर्ने सवारी चालकलाई चकलेट दिएर सचेत गराएको छ । आइतबार ट्राफिक नियम पालना नगर्ने साना तथा ठुला सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै चकलेट उपहार दिइएको हो । जिल्ला ट्राफिक कार्यालय दोलखाका इन्चार्ज प्रहरी सहायक निरिक्षक ठाकुर प्रसाद भट्टराईले चकलेट अभियान मार्फत सवारी चालकमा सम्मानपूर्वक ट्राफिक नियम सम्बन्धी सजगता प्रदान गरिएको बताए । पछिल्लो समय जिल्ला ट्राफिक कार्यालय दोलखाले ट्राफिक नियम उल्लंघन बढ्न नदिन चरिकोट बजार आसपासका सडकपेटीमा ट्राफिक सचेतनाका बोर्डहरु राखेर थप सचेतना अभियान अघि बढाइएको उनले बताए । अब केही दिनममै बजार क्षेत्रमा पैदल यात्रुका लागि जेब्रा क्रसिङको समेत व्यवस्था गरिने उनले जानकारी दिए ।
आइतबार मात्र दर्जनौं बढी साना तथा ठूला सवारीसाधनले नियम उल्लघंन गरेको भेटिएको थियो ।