दोलखा। सहयोगापेक्षी सडक मानव मुक्त दोलखा घोषणा गर्ने लक्ष्यका साथ सहयोगापेक्षी सडक मानवको उद्धार कार्य तिब्र पारिएको छ । दोलखामा सडकलाइ नै छाना छाना र खाना बनाएर बस्ने १७ मानवको उद्घार गरिएको अधिकारकर्मी राजन बस्नेतले जानाकारी दिए।
जिल्लाबाट उद्धार गरिएका सहयोगापेक्षी सडक मानव १७ जना मध्ये ७ जनालाई मानवसेवा आश्रम रानीवन, काठमाडौं र ९ जनालाई मानव सेवा घर भक्तपुर र काभ्रेपलाञ्चोकमा व्यवस्थापन गरिएको अधिकारकर्मी बस्नेतले बताए।विसं २०७६ साल देखि हालसम्म भिमेश्वर नगरपालिका भित्रबाट १० जना,बैत्यश्वर गाउँपालिकाबाट २ जना, कालिन्चोक गाउँपालिकाबाट २ जना, जिरी नगरपालिकाबाट १,शैलुङ गाउँपालिकाबाट १ जना तामाकोशी गाउँपालिकाबाट १ जना गरि १७ जना सडक मानवलाई उद्धार गरिएको हो ।जसमध्ये गत वर्ष भिमेश्वर नगरपालिका २ – दोलखाकी अन्दाजी ८९ वर्षिय हसिना श्रेष्ठ(हाकुलाटी)को मानवसेवा आश्रम रानीवन, काठमाडौंमा मृत्यु भएको थियो। आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथी रहि नि:स्वार्थ रुपमा सहयोगापेक्षी सडकमानवको उद्धारमा लागेका बस्नेत भिमेश्वर नगरपालिकालाई बागमती प्रदेशको पहिलो बालमैत्री नगरपालिका बनाउ सक्रिय भुमिका निर्वाह गरेका बस्नेतले जिल्लामा जिल्ला समन्वय समिति दोलखा,दुई नगरपालिका र सात गाउँपालिका, मानवअधिकारकर्मी, समाजिक अभियन्ता, नेपाल प्रहरी,सञ्चारकर्मी लगाएत सम्बन्धित सरोकारवाला निकायहरुको समन्वय र सहकार्यमा सहयोगापेक्षी सडकमानवहरुको उद्धार कार्य र व्यवस्थापन सम्भव भएको जानाकारी दिए।
सुरुसुरुमा सहयोगापेक्षी सडक मानवहरुको उद्धार कार्य गर्न जटिल भएतापनि मानव सेवा आश्रम काठमाडौं र मानवसेवा घर भक्तपुरले सहयोगापेक्षी सडकमानवहरुलाई गासँ,बास र कपासको व्यवस्थापन गर्ने कार्यको थालनी भए पस्चात उद्घार गर्नको लागि सहज वातावरण सिर्जना भएको अधिकारकर्मी बस्नेतको अनुभव रहेको छ। बस्नेत महिला, बालबालिका र युवाको हक अधिकार र संरक्षणका निम्ति लामो समयदेखि क्तियाशिल रहदैँ आएका छन् ।