दोलखा।नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) विगु गाउँपालिकाको तेस्रो सम्मेलन सम्पन्न भएको छ। शनिबार पालिकाको पार्टी कार्यालयमा नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश सचिवालय सदस्य तथा जिल्ला सचिब सन्तोष फुयालको प्रमुख आतिथ्यता र विगु गाउँपालिकाका अध्यक्ष सन्जिब ओलीको विशेष आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो।
सम्पन्न भएको तेस्रो सम्मेलनबाट नवराज श्रेष्ठको अध्यक्षतामा ३१ नयाँ कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा गौतम खड्का, रविन्द्र खड्का,मिङ्डोमा शेर्पा सचिवमा मिनु ओली सर्वसम्मत चयन भएका हुन्। त्यस्तै सहसचिवमा संगीता श्रेष्ठ,निकेश नेपाली, पासगेलबु शेर्पा ,कोषध्यक्षमा पबित्र भुजेल सहित ३१ नयाँ कमिटी चयन गरेको अनेरास्ववियु (क्रान्तिकारी) दोलखाका संयोजक आर्टिस्ट मोक्तानले जानकारी दिए।उक्त सम्मेलनबाट निर्वाचित हुने पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान समेत गरिएको थियो।
(क्रान्तिकारी) दोलखाले अहिले जिल्ला भरिका नगरपालिका र गाउँपालिकाको सम्मेलन सकेर २० औँ जिल्ला सम्मेलन गर्ने तयारी गरेको छ ।