दोलखा। दोलखामा आफ्नै छिमेकीले २ लाख ऋण लगेर नतिर्ने उदेश्यले ७७ वर्षिय वृद्धको हत्या गरेका छन्। जिल्लाको भिमेश्वर नगरपालिका- १ सुस्पापक्षमावतीका ७७ बर्षिय वृद्ध झिलक बहादुर विश्वकर्माको हत्या आफ्नै छिमेकी ५२ वर्षिय गणेश घिमिरेले गरेको खुलेको हो ।
आज जिल्ला प्रहरी कार्यालय दोलखाले पत्रकार सम्मेलन गरि हत्या आरोपित घिमिरेलाई सार्वजनिक गरेको छ । एक वर्षअघि ति विद्धको २ लाख ऋण लगेको र उक्त ऋण नतिर्न ति वृद्धलाई गत १७ गते एकान्तमा हिडिरहेको बेला घिमिरेले हथौडा र ढुंगाले हानेर हत्या गरेर फरार भएको प्रहरीले निष्कर्ष निकालेको छ।
“हत्यामा संलग्न आरोप गणेश घिमिरेलाई सार्वजनिक गर्दै दोलखा प्रहरी”
अहिले प्रहरी हिरासतमा रहेका घिमिरेलाई कर्तव्य ज्यान सम्वन्धी मुद्धामा दोलखा जिल्ला अदालतवाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।हत्यामा संलग्न घिमिरेलाई हिजो बुधबार राति काठमाण्डौंबाट पक्राउ गरेको थियो।