काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरक्षार्थ खटिएका एकजना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् ।
उनले शौचालयमा आफैँले गोली हानेर आत्महत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको संसद सचिवालयले जनाएको छ।
दोलखा मेलुङ गाउँपालिका-४ घर प्रहरी जवान २२ वर्षीय अजित गोले आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।