दोलखा । गौरीशंकर गाउँपालिका स्थित सुरीमा रहेको नवज्योती आधारभुत विद्यालय सर्वोत्कृष्ट विद्यालय घोषित भएको छ । आधारभूत शिक्षा परिक्षा २०८० मा उत्कृष्ट नतिजाको आधारमा विद्यालय सर्वोत्कृष्ट ठहरिएको हो ।
शुक्रबार गाउँपालिकाले एक कार्यक्रमकाबीच उत्कृष्ट ठहरिएका विद्यालय, विद्यार्थी र शिक्षक, प्रधानाध्यापक, विद्यालय व्वस्थापन समितीका अध्यक्ष र अभिभावकलार्ई पुरस्कार र सम्मान प्रदान गरेको छ ।
नतिजाका आधारमा जुगुमा अवस्थित निलकण्ठेश्वर मावि दोस्रो र खारेमा अवस्थित खारे मावि तेस्रो भएको छ । यस्तै, सर्वोत्कृष्ट विद्यार्थीतर्फ निलकण्ठेश्वरमा अध्ययनरत सकिल कार्की प्रथम हलेश्वर माविका विज्ञान खड्का दोस्रो र निलकण्ठेश्वर माविकै सिताराम खत्रीले तेस्रो स्थान प्राप्त गरेका छन् ।
त्यसैगरी उत्कृष्ट शिक्षकमा नेपाली विषयतर्फ सुशिला खड्का, अंग्रेजी विष्यमा तारा बहादुर थापा , सामाजिक शिक्षामा सुनिता खत्री विज्ञान तथा प्रविधि शिक्षामा कुशुम तामाङ, स्वास्थ्य तथा शारिरिक शिक्षा अन्तर्गत उद्धव खड्का र कम्प्युटरतर्फ सुवास विश्वकर्मा उत्कृष्ट शिक्षक घोषित भएका छन् ।
कार्यक्रममा १७ बुदे प्रधानाध्यापक कार्यसम्पादन सम्झौता हस्तान्तरण पनि गरिएको छ ।