काठमाडौं। हुम्लु जातिलाई जनजातिमा सुचिकृत गर्ने सरकारले निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको सिफारिसमा हुम्लु जातिलाई जनजातिमा सुचिकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।