दोलखा । धुलिखेल अस्पताल दोलखाले एपेक्स स्कुलमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परिक्षण गरेको छ । मंगलवार स्कूलमा स्वास्थ्य शिविर मार्फत २५० जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको हो ।
परिक्षणका क्रममा ९८.५ प्रतिशत बालबालिकाको पोषण तह राम्रो देखिएको छ भने १ प्रतिशतमा कुपोषण र ०.५ प्रतिशतमा पोषण तह उच्च देखिएको छ । शिविरमा स्वास्थ्य परिक्षणसँगै दन्त परिक्षण र फिजियोथेरापी सेवा समेत सञ्चालन गरिएको थियो ।
कार्यक्रममा एपेक्स स्कुलका पिन्सिपल नसिव कायस्थले सबै बालबालिकाको स्वास्थ्य परिक्षणबाट उनीहरुको शारिरीक स्वास्थ्यमा ठूलो राहत मिलेको बताए । उनले यस्ता कार्यक्रम अन्य विद्यालयमा पनि गर्नुपर्ने आवश्यकता औँल्याए ।
शिविरमा बाल रोग विशेषज्ञ डा. सन्तोष गौतम, मेडिकल अधिकृत डा. सुरज काफ्ले, एमडीजीपी डा. अभिलाषा महता, दन्त विशेषज्ञ डा. रसिक खोजुका साथै स्टाफ नर्स रमिता बास्तोला, रोजिता केसी, कमला सुवेदी, रमिला ढुङ्गेल लगायतको उपस्तिथि रहेको थियो ।
कार्यक्रमको समन्वय छायाँ प्रिन्सिपल मनिषा थामीले गरेकी थिइन् भने कक्षा ७ मा अध्ययनरत छात्रा सुअंकिता श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् । युकेजीका बालबालिकालले नृत्य प्रस्तुत गरेका थिए ।