अबिरल बस्नेत ` सुरज ´
दोलखाको सदरमुकाम चरिकोटमा नयाँ ब्यवस्थापन सहित हिरोको सोरुम संचालनमा आउन लागेको छ । इबी हब दोलखाले हिरोको आधिकारिक डिलर लिएर हिरोको मोटरसाइकल र स्कुटरको बिक्री तथा मर्मत सुरु गर्न लागेको हो । यो संगै इबी हब दोलखा हिरो मोटोकपको उत्पादन हिरो मोटरसाइकल र स्कुटरको दोलखाको आधिकारिक बिक्रेता भएको छ ।
सातदोबाटो चोकबाट करिब २ सय मिटरको दुरिमा काठमाडौं जाने बाटोमा रहेको हिरो सोरुमको काम अन्तिम चरणमा छ ।
इबी हब दोलखाका संचालक राजु केसीले संचालनमा आउन लागेको नयाँ सोरुमबाट नगदछुट सहित मोटरसाइकल तथा स्कुटर बिक्रीका साथै सर्भिसिङको समेत ब्यवस्था रहेको बताए । संचालक केसीले जिल्लामा हिरोको मोटरसाइकलको माग धेरै रहेको र भएका मोटरसाइकलहरुको सर्भिसिङ गर्ने ठाउँ समेत नभएको अवस्थालाई मध्यनजर गर्दै सोरुम सुरु गर्न लागेको जानकारी दिए ।