काठमाडौं ।
सातको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६०.०८ अंकले घटेर २६३७.८३ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ११.१४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७१ अंक घटेको छ।समग्रमा १ करोड ३८ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९० करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार ४७ अंकले बजार घट्दा पनि ८ अर्ब १८ करोडको कारोकार भएको थियो ।