हेर्दाहेर्दै डेक्स, मकवानपुर ।
भीमफेदी गाउँपालिका–८ दोभानमा करेन्ट लागेर एक सैनिकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। सडक निर्माण कार्यदल सिस्नेरी बेसक्याम्पमा कार्यरत डडेलधुरा गन्यापधुरा गाउँपालिका–१ घर भएका लेसनायक २९ वर्षीय पदमबहादुर दियालको करेन्ट लाग्दा घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिहीबार बेसक्याम्पमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन लाइनको तारमा पाइपले छुँदा उहाँलाई करेन्ट लागेको थियो । दियालको शव पोष्टपार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा पठाइएको छ ।करेन्ट लागेर बेस क्याम्पमै कार्यरत डडेलधुरा अमरगढी नगरपालिका–२ घर भएका लेसनायक २९ वर्षीय विनोद केसी, पाल्पाको रामपुर नगरपालिका–६ घर भएका सिपाही २१ वर्षीय युवराज कुमाल घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत सैनिक अस्पताल छाउनी ल्याइएको छ ।