काठमाडौं ।
दीपक मनाङे ऊर्फ राजीव गुरुङ जेल चलान भएका छन् ।
ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका पूर्वमन्त्री एवम् गण्डकी प्रदेशसभा सदस्य मनाङे मङ्गलबार डिल्लीबजार कारागार चलान भएका हुन् ।आजै बिहान काठमाडौंको सानोभर्याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, काठमाडौंमा पेस गरेको थियो ।
यसलगत्तै अदालतले उनलाई केन्द्रीय कारागार पठाएको हो। मनाङेलाई उच्च अदालतले दोषी ठहर गरेको थियो तर, मनाडे आफैँ सर्वोच्च अदालत गएका थिए । तर, सर्वोच्चले उच्चकै फैसला सदर गरेपछि उनी जेल चलान भएका हुन् ।