अबिरल बस्नेत `सुरज´
दोलखा । भीमेश्वर नगरपालिका–७ का वडाअध्यक्ष बिनोद तामाङको पहलमा ९ सय विद्यार्थी र शिक्षकलाई टोपी वितरण गरिएको छ। भीमेश्वर ७ र कोच नेपालको समन्वयमा “प्रोजेक्ट न्यानो २०८१” अन्तर्गत यो कार्यक्रम सम्पन्न भएको हो।
शुक्रबार आयोजित कार्यक्रममा वडाअध्यक्ष तामाङले चिसो मौसमले विद्यार्थीहरूको पठनपाठनमा पर्ने समस्यालाई कम गर्नका लागि यो अभियान सञ्चालन गरिएको बताए। उनले कार्यक्रमको सफलताका लागि कोच नेपालको सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गरे।
टोपी वितरण कार्यक्रममा भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेत, कोच नेपालका सिइओ सिमोन खत्री, साथै समाजसेवी र बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता वडाअध्यक्ष बिनोद तामाङले गरेका थिए भने प्रमुख अतिथीको रूपमा नगरप्रमुख ईश्वर नारायण मानन्धर उपस्थित थिए।