राजकुमार भुजेल,दोलखा।
नेकपा माओवादी केन्द्र गौरीशंकर गाउँपालिका भित्रका ४ वटा वडामा वडा सम्मेलन सम्पन्न भएको छ।
शनिबार पालिकामा एकैदिन बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । गाउँपालिकाको वडा नम्बर १ जुगुँको अध्यक्षमा भरत खडका निर्वाचित भएको नेकपा माओवादी दोलखाका प्रवक्ता पुष्कर कुमार अधिकारीले जानकारी दिए।
उनका अनुसार २ नम्बर वडा कमिटीको अध्यक्षमा वसन्त कार्की निर्वाचित भएका छन भने ५ सुरीमा दिनेस गुरुङ निर्वाचित भएका छन्।
त्यस्तै ७ मार्बुमा पासाङ शेर्पा निर्वाचित भएको नेकपा माओवादी केन्द्र दोलखाले जनाएको छ।