दोलखा।
दोलखाको सदरमुकाम चरिकोटमा १४ दिने होटल (कुक) तालिम सुरु भएको छ। आइतबार होटल एम्ब्रोसियामा उधोग तथा वाणिज्य कार्यालय दोलखाको आयोजना तथा दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको समन्वयमा तालिम सुरु भएको हो।
तालिमको उदघाटन कार्यक्रमका प्रमुख अतिथी तथा भिमेश्वर नगरपालिका -६ का वडा अध्यक्ष नविन लामाले गरेका थिए। उनले सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै युवामा कुकको अवधारणा भएपनि यसलाई व्यावसायिक रुपमा सिकेर अघि बढ्न मद्दत मिल्ने बताए । तालिममा सिप सिकेर अझ सदरमुकाम चरिकोटका होटल तथा रेस्टुराँलाई व्यवस्थित रूपमा चलायमान बनाइ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाउन जोड दिए।त्यस्तै सीप विकास तथा क्षमता अभिवृद्धिका लागि उनिहरुलाई तालिम प्रदान गर्न लागेको कार्यालयले जनाएको छ । तालिममा २५ जनाको सहभागिता रहेको छ।
कार्यलय प्रमुख भास्कर ढुङ्गानाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघका अध्यक्ष कुमार श्रेष्ठ,पुर्व अध्यक्ष विष्णु थापा, पत्रकार महासंघ दोलखाका पुर्व उपाध्यक्ष श्रिजनकुमार घिमिरे,प्रेस सेन्टर नेपाल दोलखाका सह-सचिव राजकुमार भुजेल, तालिमका प्रशिक्षक रोशन भुजेल,संघका कर्मचारी लगाएतको उपस्थिती रहेको थियो।