२८ फागुन २०८२, शुक्रवार

भर्खरै

निर्वाचन सुरक्षा

दोलखामा खटिएका १,२४३ निर्वाचन प्रहरीलाई सम्मानसहित बिदाइ

निर्वाचन अवधिभर सुरक्षा जिम्मेवारी निभाएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई सम्मानपत्र

हेर्दाहेर्दै डेस्क २९ फागुन २०८२, शुक्रवार
दोलखामा खटिएका १,२४३ निर्वाचन प्रहरीलाई सम्मानसहित बिदाइ

News Summary


  • दोलखामा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन खटिएका १,२४३ सुरक्षाकर्मीलाई सम्मानसहित बिदाइ गरियो।
  • उनीहरूको अनुशासन, समर्पण र सक्रियताका कारण निर्वाचन सफल भएकोमा अधिकारीहरूले प्रशंसा गरे।

दोलखा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दोलखामा खटिएका १ हजार २४३ जना निर्वाचन सुरक्षाकर्मीलाई सम्मानसहित बिदाइ गरिएको छ। निर्वाचन अवधिभर जिल्लाभर सुरक्षा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई बिहीबार आयोजित कार्यक्रममा सम्मानपत्र प्रदान गर्दै औपचारिक बिदाइ गरिएको हो।

जिल्लामा निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी परिचालन गरिएको थियो। तीमध्ये १ हजार १९७ जना नेपाल प्रहरी र ४६ जना सशस्त्र प्रहरी बल नेपालका रहेको जनाइएको छ।

बिदाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले निर्वाचन अवधिभर जिम्मेवारी प्रभावकारी रूपमा पूरा गरेका सुरक्षाकर्मीहरूलाई सम्मानपत्र प्रदान गरे। उनले सुरक्षाकर्मीहरूले देखाएको अनुशासन, समर्पण र सक्रियताका कारण दोलखामा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुन महत्वपूर्ण सहयोग पुगेको बताए।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोज कुमार लामाले पनि निर्वाचन सफल बनाउन सुरक्षाकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको बताए। सुरक्षा निकायबीचको समन्वय, अनुशासन र जिम्मेवारीका कारण जिल्लामा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले उल्लेख गरे।

कार्यक्रममा सहभागी सुरक्षाकर्मीहरूलाई आगामी दिनमा पनि यही समर्पण र पेशागत अनुशासन कायम राख्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरिएको थियो।

118 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट