एमालेका जिल्ला कमिटी सदस्य अर्जुन बुढाथोकीले पार्टी छोडे
व्यक्ति केन्द्रित निर्णय र सामूहिक राजीनामाप्रति असन्तुष्टि व्यक्त गर्दै बुढाथोकीले पार्टीका सबै जिम्मेवारी परित्याग गरे।
हेर्दाहेर्दै डेस्क
२० पुष २०८२, आइतवार
880
SharesNews Summary
- नेकपा एमाले दोलखा जिल्ला कमिटी सदस्य अर्जुन बुढाथोकीले पार्टी परित्याग गरेका छन्।
- उनले व्यक्तिलाई केन्द्रमा राख्ने प्रवृत्ति र सामूहिक राजीनामाप्रति असन्तुष्टि जनाएका छन्।
- पार्टीभन्दा व्यक्ति ठूलो बनाउँदा एमाले कमजोर भएको र यसले जिल्लाको विवाद उजागर गरेको उनको भनाइ छ।
दोलखा । नेकपा एमाले दोलखा जिल्ला कमिटी सदस्य अर्जुन बुढाथोकीले पार्टी छोडेका छन्। कालिन्चोक गाउँपालिका–२, बाबरे निवासी बुढाथोकीले पार्टी निर्णयभन्दा व्यक्तिलाई केन्द्रमा राखेर गरिएका गतिविधि र सामूहिक राजीनामाको प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
बुढाथोकीका अनुसार, २०७९ सालको निर्वाचन र १०औँ जिल्ला अधिवेशनका निर्णयहरूले पार्टीलाई संस्थागत रूपमा अघि बढ्न नदिएको दाबी गरिएको छ। उनले पार्टीभन्दा व्यक्ति ठूलो बनाउने प्रवृत्तिले एमालेलाई कमजोर बनाएको ठहर गर्दै आजैबाट पार्टीका सबै जिम्मेवारी परित्याग गरेको जानकारी दिएका छन्।
उनको राजीनामाले जिल्लामा पार्टीभित्रको विवादलाई थप उजागर गरेको छ। बुढाथोकी एमालेका प्रभावशाली नेताका रुपमा परिचित छन्।
880 Shares
हेर्दाहेर्दै डेस्क