काठमाडौं । सहकारी पीडितहरूले पुन: आन्दोलन सुरू गरेका छन् ।
बचत रकम फिर्ताको माग गर्दै पीडितहरूले आजबाट फेरि काठमाडौंमा प्रदर्शन थालेका हुन् ।यसैबीच काठमाडौंको भद्रकालीमा सहकारी पीडित र प्रहरीबीच धकेलाधकेल भएको छ।
सिंहदरबारतर्फ अगाडि बढिरहेका प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले प्रदर्शनकारीबीच धकेलाधकेल भएको हो ।