अबिरल बस्नेत ` सुरज ´
दोलखा । गौरीशंकर गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि माओवादी केन्द्रले उम्मेदवार चयन गरेको छ । विहीबार पालिकास्तरीय बैठकले उपाध्यक्षमा निम्लेकी शेर्पालाई सर्वसम्मत रुपमा उम्मेदवारका रुपमा चयन गरेको हो ।
शेर्पा गौरीशंकर गाउँपालिका ७ मार्बुकी स्थानीय हुन् । माओवादी केन्द्र गौरीशंकर पार्टीकी कोषाध्यक्ष रहेकी उनी स्वास्थ्य स्वयंसेविका सँगै समाजसेवाको क्षेत्रमा समेत सक्रिय छिन् ।
बिहीवार भएको पालिकाको बैठकबाट उनलाई सर्वसम्मत चयन गरिएको नेकपा माओवादी केन्द्र दोलखाका सचिब सन्तोष फुयालले बताए ।
बैठकले नवराज खड्काको नेतृत्वमा १०१ जनाको निर्वाचन परिचालन समिति समेत गठन गरेको छ ।