काठमाडौं । आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो । आजको बैठक मध्याह्न साढे १२ बजे संघीय संसद भवनको तोत्से हलमा बस्ने छ। शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए ।
बैठकमा संसदको गतिरोध, कांग्रेसको भूमिका र जनजीविकाका विषयमा छलफल रहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक बताउछन् ।
शुक्रबारको बैठकमा सरकार कांग्रेसप्रति पूर्वाग्रही भएर पार्टीका सांसदहरूलाई पक्राउ गरेको आरोप लगाएका थिए। पार्टीका सांसदहरू भटाभट पक्राउ परेपछि कांग्रेस सांसदहरूले यसबारेमा प्रधानमन्त्रीलाई प्रश्न गर्नुपर्ने बताएका थिए।