काठमाडौं । विशेष अदालतले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजाललाई भ्रष्टाचार आरोपमा दोषी ठहर गरेको छ ।
न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले घुस र हिनामिना गरेको विभिन्न ५ वटा कसूरमा दोषी ठहर गरेको हो ।
अदालतले रिजालललाई १ वर्ष कैद, ४ लाख बिगो र सोहीअनुरूप जरिवाना हुने आदेश गरेको हो । रिजालविरुद्ध माघ २०७६ माघ २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचवटा मुद्दा चलाएको थियो।
अख्तियारले दोलखाको सिडिओ हुँदा रिजालले कार्यालयमा बसेर विभिन्न स्थानमा अनुगमनमा खटिएको भनी भ्रमण भत्ता लिएको अख्तियारको अभियोग पत्रमा जिकिर गरिएको थियो ।