दोलखा – गौरीशंकर गाउँपालिका ७ स्थित मार्वुका पहिरो पीडितलाई जस्तापाता वितरण गरिएको छ ।
बुधबार एक कार्यक्रमका बीच असल छिमेकी नेपाल नामक संस्थाको सहयोगमा पहिरो प्रभावित ३४ घरधुरीलाई जस्तापाता वितरण गरिएको हो ।
गत साउन १८ गते राति गएको पहिरोबाट क्षति भएका परिवारलाई राहत स्वरुप प्रति घरधुरी २ बन्डलका दरले जस्तापाता वितरण गरिएको हो ।
कार्यक्रममा गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, नेकपा एमाले दोलखाका जिल्ला कमिटी सदस्य सोयमबहादुर खड्का, नेकपा एमाले गौरीशंकर गाउँपालिका कमिटीका अध्यक्ष जंगबहादुर गुरुङ र असल छिमेकी नेपालका सचिव प्रकाश भुजेलको उपस्थिति रहेको थियो ।