विगु गाउँपालिका २ स्थित ओराङको तार्तुङमा सिँढी बाटो निर्माण गरि ढलान गर्न थालिएको छ ।
बर्खाको समयमा बाटो हिलाम्मे हुने कारण स्थानीयलाई हिडडुल गर्न समस्या हुने, सानो बाटो भएकाले खेत बारीमा गाइबस्तुले बालीनाली खाइदिने जस्ता समस्या भएकाले बलियो बाटो निर्माण गर्न थालिएको हो ।
बाटो ढलान गरि नाला सहित १ दशमलब ५ मिटरको बाटो निर्माण गरेको विगु २ का अध्यक्ष दिपक ठकुरीले बताए ।
‘प्रधानमन्त्री स्वरोजगारको बजेटले सुरुमा सोलिङ गर्ने, नाला तथा सिढी निर्माण गर्ने काम गर्यौ अहिले फेरि वडाको बजेटले ढलान गर्ने कामको सुरुवात गरेका छौं’ उनले भने ‘सम्भवतः यो बर्ष हाम्रो सुन्दर गाउँ बनाउने अभियान पुरा हुन्छ ।’ अहिले तातुङ टोल, यार्सा ठकुरी टोल र बासपानी टोलमा बाटो ढलानको काम हुँदैछ भने यासा तामाङ टोलमा सोलिङ, नाला र सिँढी निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
यार्सा ठकुरी गाउँ, बासपानी टोलको समेत सबै गोरेटो बाटोमा यो बर्ष भित्र नाला निर्माण गरेर सोलिङ सिढी सहित १ दशमलब ५ मिटरको पिसिसी ढलान सहितको बाटो निर्माण गर्ने वडा कार्यालयको योजना छ ।