नेकपा माओवादी केन्द्र विगु गाउँपालिका २ ओराङ पार्टी कमिटीको अयोजनामा ओराङ डाँडामा दशै, तिहार, नेपाल सम्बत् तथा छ्ठ लगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान समारोह सम्पन्न भएको छ । सोमबार सम्पन्न उक्त कार्यक्रममा नाँचगान सहित चियापान तथा शुभकामना आदानप्रदान गरिएको थियो ।
कार्यक्रममा २५० जनाको उपस्तिथि रहेको थियो । नेकपा माओवादी केन्द्र विगु गाउँपालिका २ वडा कमिटिका अध्यक्ष डिल बहादुर तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती दोलखाका संयोजक कुल बहादुर बुढाथोकी, विगु गाउँपालिकाका पार्टी सचिव नवराज बस्नेत, विगु गाउँपालिका २ का अध्यक्ष दिपक ठकुरी, विगु गाउँपालिका ४ का अध्यक्ष रामचन्द्र खड्का, पुर्व वडा अध्यक्ष कृष्ण ठकुरी लगायतले शुभकामना दिएका थिए ।