दोलखा । प्रतिनिधि सभा सदस्य गंगा कार्की (विश्व)ले बाढीपहिरोले रोल्वालिङ क्षेत्रमा अलपत्र परेका १४ जनाको तत्काल उद्धार गर्नुपर्ने माग राखेका छन् । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले च्छोरोल्पा हिमताल पुगेर फर्केका स्थानीय १० जना र सोलुखुम्बुका ४ जना गरी १४ जनाको तत्काल उद्दार गरिनुपर्ने माग राखेका हुन् ।
रोल्वालिङ खोलामा आएको बाढीले पदमार्गको झोलुंगे पुल र २ वटा फड्के बगाएपछि उनीहरु बाटोमै अलपत्र परेका हुन् ।
रोल्वालिङ क्षेत्रको प्रतिकूल मौसमका कारण
उनीहरुको उद्धार हुन नसकेकाले तत्काल मौसम अनुकूल हेरेर हेलिकप्टरबाटै सदरमुकाम चरिकोट वा सिङ्गटी बजार ल्याउनु पर्ने उनको माग छ ।