दोलखा । विगु गाउँपालिका २ ओराङका अध्यक्ष दिपक ठकुरीले एकअर्काको बिरोध गर्नु भन्दा ओराङको विकाशका लागि सबै मिलेर लाग्न अनुरोध गरेका छन ।
नेकपा माओवादी केन्द्र विगु गाउँपालिका २ ओराङ पार्टी कमिटीको अयोजनामा ओराङ डाँडामा दशै, तिहार, नेपाल सम्बत् तथा छ्ठ लगायत पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान समारोहमा अध्यक्ष खड्काले यस्तो बताएका हुन । एक अर्काको बिरोध गरेर समय खर्चिनु भन्दा उक्त समयमा एकजुट भएर ओराङको विकासको निम्ति खट्नुपर्ने ठकुरीले बताए । अध्यक्ष ठकुरीले हामीले यसो गर्यौ उसो गर्यौ भनेर झुटको खेती नगर्न आग्रह समेत गरेका छन् । अब जनता पहिलेको जस्तो जे भन्यो त्यही पत्याउने खाल्का छैनन् , अब गरेको कामको लिस्ट चाहिन्छ, उसै नभएको काम हामीले गर्यौ भनेर जनता झुक्याउन खोज्नु तपाईंहरुको मुर्खता हो । उनले भनेका छन् काम गर्नुस म पनि साथ दिन्छु तर जनता झुक्याउने काम चाहिँ कसैबाट हुनुहुन्न । अध्यक्ष ठकुरिले बताए ।
कार्यक्रमको अध्यक्षता नेकपा माओवादी केन्द्र विगु गाउँपालिका २ वडा कमिटिका अध्यक्ष डिल बहादुर तामाङले गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती दोलखाका संयोजक कुल बहादुर बुढाथोकी, विगु गाउँपालिकाका पार्टी सचिव नवराज बस्नेत, विगु गाउँपालिका २ का अध्यक्ष दिपक ठकुरी, विगु गाउँपालिका ४ का अध्यक्ष रामचन्द्र खड्का, पुर्व वडा अध्यक्ष कृष्ण ठकुरी लगायतले शुभकामना सहितको मन्तब्य राखेका थिए ।