दोलखा । नीजि क्षेत्रबाट सञ्चालित दोलखा जिल्लाकै उत्कृष्ठ विद्यालय ‘एपेक्स स्कूल’ले अन्तर्राष्ट्रिय स्तरको २ ठूला ‘अवार्ड’ प्राप्त गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित ‘११ औँ वर्ल्ड स्कूल समिट’मा स्कूलले ‘वेस्ट स्कूल विथ एक्टिभ लर्निङ’ र ‘योङ प्रिन्सिपल अफ द इअर’ अवार्ड प्राप्त गरेको हो ।
मंसिर ११ देखि १६ गतेसम्म चलेको उक्त समारोहमा १४ देशका ६४ विद्यालयको सहभागिता रहेको थियो । सोमबार एक कार्यक्रमका बीच स्कूलका प्रिन्सिपल नसिव कायस्थले प्राप्त अवार्ड विद्यालयमा हस्तान्तरण गरेका थिए । यो सफलता प्राप्त गर्ने दोलखा जिल्लामा एपेक्स स्कूल पहिलो हो।
२०२१ सालमा ब्रिटिश काउन्सिल द्वारा पुरस्कृत भए पश्चात यो अवार्ड एपेक्सको लागि पाँचौं अन्तर्राष्ट्रिय अवार्ड रहेको प्रिन्सिपल कायस्थले जानकारी दिनुभयो ।
प्रयोगात्मक र संस्कार सहितको शिक्षाको अवधारणा बोकेको यस विद्यालय धेरै जनमानसको मनमा बस्न सफल भएको छ ।