दोलखा । दोलखा जिल्लाको शैलुङ गाउँपालिकाले आयोजना गरेको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी विरेन्द्र माध्यमिक विद्यालय शैलुङ-५ ले जितेको छ ।
विरेन्द्र माविले १२ स्वर्ण, ६ रजत र २ कास्य सहित २० पदक प्राप्त गर्दै पहिलो हुँदा साँगुते मावि शैलुङ-७ ले ६ स्वर्ण, ३ रजत र १ कास्य सहित १० पदक हात पारेको छ । तेस्रो भएको शारदा मावि शैलुङ-८ ले ५ स्वर्ण, ५ रजत र १ कास्य गरि ११ पदकमा चित्त बुझायो ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा २९ वटा खेलहरु समावेश गरिएको थियो । प्रतियोगितामा मावि तहका ३ सय ६० विद्यार्थीले भाग लिएका थिए ।
शैलुङ गाउँपालिकाका अध्यक्ष रिमाल बाबू श्रेष्ठ को अध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथी बाग्मती प्रदेशका भौतिक पुर्वाधार मन्त्री युवराज दुलाल, विशिष्ट अतिथी जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानी, दोलखा कांग्रेसका सभापति बर्मा लामा लगायतले मन्त्वय राखेका थिए ।