दोलखा। विहिबार देखि सुरु भएको चौथो वैतेश्वर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी हनुमन्तेश्वर माध्यमिक विद्यालयलले प्राप्त गरेको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
वैतेश्वर गाउँपालिकाको आयोजना तथा हनुमन्तेश्वर माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगितामा हनुमन्तेश्वर माविले १० स्वर्ण, ५ रजत र ४ कास्य सहित १९ पदक प्राप्त गर्दै पहिलो स्थान प्राप्त गरेको छ भने जनज्योती माविले ७ स्वर्ण, ४ रजत र २ कास्य सहित १३ पदक प्राप्त गर्दै दोस्रो भएको छ । त्यस्तै सनराइज एकेडेमीले ३ स्वर्ण, ४ रजत र ३ कास्य सहित १० पदक प्राप्त गर्दै तेस्रो भएको छ । प्रतियोगितामा पालिका भित्रका ८ वटा सामुदायिक र एक निजी विद्यालयको सहभागीता रहेको थियो ।
गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षतामा भएको प्रतियोगितामा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पालिका भित्रका वडा अध्यक्ष, पत्रकार लगायतको उपस्थिती रहेको थियो।