राजकुमार भुजेल , काठमाडौँ । काठमाडौंको पेप्सीकोलाबाट सालकको खपेटासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीशंकर गाउँपालिका–१ का २० वर्षिय अमृत लामा, जिरी नगरपालिका–३ का २५ वर्षिय विशाल बस्नेत र वडा नम्बर–४ का २७ वर्षिय सुकवीर तामाङ रहेका छन् ।
दुर्लभ वन्यजन्तु सालकको खपटा बेच्न हिडिरहेको गोप्य सूचनाको आधारमा उनीहरु गत शुक्रबार काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलामा उनीहरु माथि खानतलासी गर्दा सालकको खपेटासहित उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ।