दोलखा । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती दोलखाको विस्तारित बैठक सम्पन्न भएको छ ।
सदरमुकाम चरिकोट स्थित सिमपानी सभाहलमा शुक्रबार र शनिबार चलेको बैठकले पार्टी सदस्यता नविकरण तथा वडा सम्मेलन गर्ने, विधान मस्यौदाको सुझाव संकलन गर्ने, जनप्रतिनिधिबीच छलफल तथा प्रशिक्षण चलाउने, विद्यार्थी संगठनको सम्मेलन गर्ने र पार्टी प्रवक्ता तोक्ने लगायतका निर्णय गरेको छ।
बैठकमा प्रतिनिधि सभा सदस्य गंगा कार्की (विश्व), पुर्व राज्य मन्त्री देवि खड्का, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दोलखाका पार्टी इन्चार्ज तथा पुर्व मन्त्री बिशाल खड्का, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दोलखाका संयोजक कुल बहादुर बुढाथोकी गाउँपालिका तथा नगरपालिकाका पार्टी इन्चार्ज तथा जनप्रतिनिधिहरुको उपस्तिथि रहेको थियो । उनीहरुले पाटीको अहिलेको अवस्थाबारे रिपोर्टिङ गर्दै सुझाव समेत दिएका थिए