दोलखा। दोलखाको भिमेश्वर नगरपालिकाले जेष्ठ नागरिक तथा अशक्त भएका व्यक्तिहरूलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।शुक्रबार नगरपालिका ४ ले जेष्ठ नागरिक तथा अशक्तलाई वडाबाटै भत्ता वितरण गरेको वडाले जनाएको हो ।
यहाँका जेष्ठ नागरिक तथा अशक्त दु:ख खेप्दै सदरमुकाम चरिकोट स्थित सिन्धु बिकास बैंकमा लिन जानुपर्ने बाध्यता थियो । गाउँदेखि सदरमुकाम सम्म पुगेर पनि घण्टौं सम्म बैंकमा लाइन बस्नुपर्ने थियो। तर गतवर्ष देखि आफ्नै वडा कार्यालयबाट वितरण गर्न लागेको वडा अध्यक्ष तारानाथ चौलागाईंले बताए ।
उनका अनुसार वडा भित्रबाट ३ सय ४ जनाले भत्ता पाउनेछन्। जसमध्ये जेष्ठ नागरिक १ सय ८२ जना, जेष्ठ नागरिक दलित २० जना, जेष्ठ एकल महिला २४ जना ,एकल महिला बिधुवा ४० जना,पुर्ण अपांगता ४ जना, अति अशक्त ११ जना र २३ जना दलिल बालबालिकाले पाउनेछन्। त्यस्तै वडाबाटै भत्ता वितरण गरेपछि जेष्ठ नागरिक तथा अपाङ्ग, अशक्तलाई सहज भएको अध्यक्ष चौलागाइँले बताए।