राजकुमार भुजेल, दोलखा। अनेरास्ववियु (क्रान्तिकारी) शैलुङ गाउँपालिकाको अध्यक्षमा फुर्वा तमाङ चयन भएका छन्। शनिबार सम्पन्न भएको अनेरास्ववियू (क्रान्तिकारी ) शैलुङ गाउँपालिकाको दोर्सो सम्मेलनबाट फुर्वा तमाङ को नेत्तृत्वमा ३८ सदस्यिय नयाँ पालिका कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा सुनिल श्रेष्ठ, कृषा श्रेष्ठ र सचिवमा रामचन्द्र कार्की चयन भएका छन्। त्यस्तै सह-सचिवमा अन्जना तामाङ, क्यारोलिना तामाङ ,कोषध्यक्षमा साङतेन मोक्तान लगाएत ३८ सदस्यिय चयन भएका हुन्। सम्मेलनको उद्घाटन शैलुङ गाउँपालिकाका अध्यक्ष तथा अखिल (क्रान्तिकारी) दोलखाका पर्व अध्यक्ष रिमालबाबु श्रेष्ठले गरेका थिए। सो अवसरमा सम्मेलनबाट निर्वाचित सम्पूर्ण टिमलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
सम्मेलनमा अखिल (क्रान्तिकारी) का केन्द्रिय उपमहासचिव प्रसुन कार्की,नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सदस्य तथा दोलखाका पार्टी सचिव कमल श्रेष्ठ ( ज्योति), अखिल क्रान्तिकारी जिल्ला समिति दोलखाका संयोजक आर्टिस्ट मोक्तान, एकीकृत अखिल नेपाल शिक्षक संगठन शैलुङ गाउँपालिका समितिका अध्यक्ष मान बहादुर तामाङ, नेकपा माओवादी केन्द्र शैलुङ गाउँपालिका समितिका उपाध्यक्ष पर्वत लामा,सचिव भैरव काफ्ले, शैलुङ ३ का वडा अध्यक्ष विर बहादुर तमाङ,६ का वडा अध्यक्ष दिपक बस्नेत लगाएतले शुभकामना तथा मनतव्य व्यक्त गरेका थिए भने पार्टी तथा सङ्गठनका नेता,कार्यकर्ताहरुको सहभागिता रहेको थियो।