दोलखा । योगदान रास्ट्रको लागि दोलखा जिल्ला शाखाको अध्यक्षमा अमर श्रेष्ठ निर्वाचित भएका छन्। आइतबार सदरमुकाम चरिकोटमा सम्पन्न भएको दोस्रो वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कुमार बस्नेत, सचिवमा रमेश श्रेष्ठ ,सह-सचिवमा कमल थापा मगर ,कोषाध्यक्षमा तारादेबी बस्नेत चयन भएका छन् भने सदस्यहरुमा क्रमशः शिवहरी बज्राचार्य,भिम बहादुर तामाङ, निर्मल खड्का र प्रकाश बस्नेत चयन भएका छन्
त्यस्तै समितिले सल्लाहकार कमिटीको संयोजकको जिम्मेवारीमा बिनोद जिरेल र सदस्यहरुमा क्रमशः पुर्व केन्द्रीय सदस्य तक्त जिरेल, निवर्तमान जिल्ला कमिटी अध्यक्ष राजु थापालाई चयन गरेको छ। पुर्व जिल्ला कमिटी सचिव बिनोद जिरेलको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा जिल्ला कमिटिको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो
।