दोलखा । नेकपा एमाले दोलखाको उपाध्यक्षमा लोकप्रिय युवा नेता हिरा कुमार थोकरले उम्मेदवारी घोषणा गरेका छन् । दोलखाली युवाहरुको नेतृत्व गर्दै थोकरले उम्मेदवारी घोषणा गरेका हुन्। गएको स्थानीय चुनावमा मेलुङ गाउँपालिका अध्यक्षमा भारि मतले गठबन्धनका उम्मेदवार पराजित गर्दै विजयी भएका थोकर जिल्लामा वैचारिक एवम् सांगठनिक क्षमता भएका एमाले नेताको रूपमा चिनिन्छन् ।
जिल्लाका स्थानीय तहका प्रमुख मध्ये आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका थोकर शालिन स्वभाव र इमान्दार छवि भएका नेता हुन् । २०४३ सालमा पार्टीको प्रारम्भिक कमिटी र २०४७ सालमा सङ्गठित सदस्यता लिएका उनी दोलखा एमालेमा निडर, निष्ठावान, धैर्यवान र ड्यासिङ नेताका रुपमा चिनिन्छन् । विशेषगरी पार्टीभन्दा माथि उठेर जनताको सेवामा लागेका उनी आम जनतामाझ लोकप्रिय छन् ।
गएको एमाले दोलखा अधिवेशनमा अत्याधिक मत ल्याएर जिल्ला कमिटी सचिवमा निर्वाचित भएका थोकरको उपाध्यक्षमा उम्मेदवारी घोषणा सँगै सो पदमा बलियो उम्मेदवारी रहेको चर्चा जिल्ला स्तरमा चल्न थालेको छ ।
उम्मेद्वार घोषणा गर्दै थोकरले शिथिल हुँदै गएको संगठनलार्इ बलियो र मजबुत बनाउन यो अधिवेशनले महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् । पार्टीको टिके प्रथालाई निर्मुल पार्दै क्षमतावान, सबल कार्यकर्ता तयार गर्न र समान अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक बिधिमा पार्टीलाई डोर्याउन आफुले उम्मेदवार घोषणा गरेको थोकर बताउँछन् ।
पार्टीको विधि विधान र पद्धति जोगाउन साथै समग्र जिल्लाको विकासका लागि आफु योग्य भएकाले उनी आफुलाई पार्टीका साथीहरुले सहयोग गर्नेमा आशावादी छन् ।