राजकुमार भुजेल,दोलखा। हर सबै बालबच्चाले आफ्नो आमाको माया अपार पाउने गर्छन्। भनिन्छ आमाको माया अमुल्य हुन्छ। सबैभन्दा ठुलो मायानै आमाको माया हो भनेर । त्यस्तै ति आमा मध्ये एक हुन् अबिबाहित आमा सिर्जना कार्की।
जिल्लाको तामाकोशी गाउँपालिका झुलेमा जन्मिएकी सिर्जनाले अविवाहित आमा बनेर सयौं सङख्यामा बालबालिकाको संरक्षणमा आमा बन्दै आएकी उनी पछिल्लो समयमा बेसहारा, बेवारिसे वृद्धहरुको अभिभावकको रूपमा पनि भुमिका निर्वाह गर्न लागेकी छिन्।
उनले कालिन्चोक गाउँपालिका २ बाबरेमा जन्मिएका तिर्थ बहादुर पाडेँलाई उद्धार गरि नयाँ संसार देखाएकी छिन् । भिमेश्वर नगरपालिका वडा नं ६ स्थित रामकोटमा बिगत २० बर्ष देखि बेसहारा अवस्थामा जिवन कटाइरहेका मानसिक सन्तुलन र स्वास्थ्य अबस्था कम्जोर भएका पाँडेलाई एउटा झुपडीबाट उद्धार गरेकी हुन्। कहीँले कस्को घरको खानाको आस त कहिले कस्को घरमा बस्ने बासको आसँमा भौतारिंदै बसेका थिए पाँडे। तर उमेरले वृद्ध अवस्थामा धकेलिदै आफु ६६ वर्ष पुगेको उनि बताउछन। आफुलाई विबाह नगरि बसको पनि बताउछन्।
उत्ता सिर्जनाले भन्ने पाँडेको अवस्था नाजुक भएको खबर आफुलाई छिमेकीले गरेको सुचना थाहा पाउने बित्तिकै पाँडेको झुपडीमा पुगिन्। झुपडी पनि रामकोटका स्थानियले बस्नको लागि दिइएको पाँडेले बताए । उनी त्यहाँ पाडेँको दर्दनाक अबस्था देखेर भावविह्वल भईन्। त्यसपछि उनले पाँडेको स्वास्थ्य अवस्था र घरपरिवारको अवस्था बुझेर भक्तपुरको ओम बृद्धआश्राममा लाने सोच बनाइन्। त्यसपछि उनले बेवारिसे पाँडेको सरसफाई गर्दै नयाँ कपडा लगाइदिने र खुवाइदेने गर्दै वडाको सिफारिसमा नागरिकता बनाई वृद्धाआश्राम लाने टुङगो गरिन् । यसरि बेसहारा अवस्थामा जिविकोपार्जन गर्दै आएका पाडेँको जिवनमा छोरीको रुपमा आएकी सिर्जनाले सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा स्वास्थ्य अवस्था चेकजाँच र गेस्टहाउसमा राखेर खानपानको व्यवस्था गरी पाडेँलाई राखेर करिब एक हप्ता भन्दा बढि समयको सङ्घर्ष पछि आज मङ्गलबार बिहान भक्तपुर स्थित ओम बृद्धआश्राममा लान सफल भइन्। यसरि लामो संघर्षले आफुलाई वृद्धआश्राम सम्म लान सहयोग गरेको भन्दै पाँडेले हर्षित हुदैँ आशुँ झारे ।
आसुँ नझारुन पनि कसरि ! कहिले बर्खाको समयमा झुपडी माथिबाट पहिरोले बगाउला भन्ने डर त कहिले जाडोको समयमा चिसोले मर्नेको डर । त्यसपछी पनि कसैको सहारा थिएन उनलाई। आफुलाई बेलाबेलामा खानपानमा र आवासको अभाव भएको दुखेसो गरे। वृद्धआश्राम पाडेँलाई वृद्धआश्रममा लगेर राख्न पाउदा हर्षित भएको सिर्जनाले बताइन्। आफुले सयौँ सङख्यामा बालबालिकाको आमा बनेर प्रेरणा मिलेको बेला वृद्धको पनि उद्धार गर्न पाउँदा आफुलाई उनि भाग्यमानी ठान्छीन् ।बेसहारा, अशक्त लाइ कुनैपनि निकायले वेवास्ता गर्दा वृद्धहरु सडकका पेटीहरुमा बस्न बाध्य भएको उनको भनाई छ।अहिले उनको आवाज नेपाल नामक संस्थामा केहि असहाय र परिवारबाट एक्लिएका वृद्धा, बालबालिकाहरु बस्दै आएका छन् ।
सिर्जनाको अहिले ति वृद्धा आमा तथा बालबालिकालाई माया , प्रेम र हेरचाह मै दिन बित्ने गरेको छ । यसरि बेसहारा, अशक्त लाइ कुनैपनि राजनितिदल,निकायले वेवास्ता गर्दा वृद्धहरु सडकका पेटीहरुमा अलपत्र परेको उनी बताउँछिन्।