चरिकोट, ०५ फागुन । गत माघ १५ गते राती झण्डै ३३ लाख रुपैयाँ चोरी भएको दोलखाको मेलुङ गाउँपालिका १ रमाइलोचोक स्थित हाम्रो सूर्योदय बचत तथा ऋण सहकारीका घरधनीले आत्महत्या गरेका छन् ।
उक्त सहकारीका पूर्व पूर्व कोषाध्यक्ष समेत रहेका कपिलमणी न्यौपानेले शनिबार विहान पवटी दियालेखर्क स्थित आफ्नै निवासमा आत्महत्या गरेका हुन् । सहकारीमा भएको चोरी प्रकरणमा पटक पटक प्रहरी हिरासतमा पुगेर फेरि हाजिर हुनेगरी छाडिएका न्यौपाने बिहिबार मात्रै गाउँ फर्किएका थिए । घटनाका सम्बन्धमा छानविन गर्न प्रहरीले न्यौपाने सहित सहकारीका कर्मचारी महेन्द्र भुजेल र अन्य दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।
आत्महत्या गर्नु अघि न्यौपानेले सामाजिक सञ्जाल फेसबुकबाट पोष्ट गरेको स्टाटसमा सहकारीको चोरी काण्ड सञ्चालकहरुद्वारा रचिएको नाटक भएको र कर्मचारी महेन्द्र भुजेल त्यसको प्रमुख प्रयोग पात्र भएको उल्लृख गरेका छन् । सञ्चाचालकहरुले वर्षौदेखि योजना बनाएर आफूलाई फसाउन खोजिएको भन्दै न्यौपानेले केही व्यक्तिको नाम समेत किटान गरेका छन् ।
हेर्नुहोस् न्यौपानेको स्टाटस: