दोलखा । “एक रिटर्नी एक उधम , उत्पादन र प्रबिधिको माध्यम” भन्ने मुल नाराका साथ माओवादी निकट भातृ संगठन रिटर्नी नेपाल दोलखाको पहिलो जिल्ला सम्मेलन हुने भएको छ । सम्मलेन आगामी फागुन ११ गते जिल्ला स्थित पार्टी कार्यालय चरिकोटमा हुन लागेको हो ।
रिटर्नी नेपाल दोलखाका अध्यक्ष दिनेश गुरुङले जिल्ला भित्रका सबै स्थानीय तहका पार्टीका नेता लगायत सम्पुर्ण माओवादी पार्टीमा आवद्ध सदस्यहरुलाई उपस्तिथिका लागि अनुरोध गरेका छन् । विशेषतः वैदेशिक रोजगारीबाट फेर्कका युवाहरुले विदेशमा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गर्न र विदेशमा रहेका पीडित नेपालीको समस्या समाधानका लागि यस सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
सम्मेलनले जिल्लाका दुई नगरपालिका र ७ वटा पालिका स्तरीय नयाँ कमिटी गठन गर्नुको साथै जिल्लामा पनि नयाँ नेतृत्व चयन गर्नेछ ।