राजकुमार भुजेल,दोलखा। दोलखामा आगामी फागुन २१ गतेदेखि प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ । दोलखा युवा सञ्जालको आयोजनामा फागुन २१ देखि २५ गतेसम्म खेलमार्फत दोलखाको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ “प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका शहीद कमरेड रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता” हुने भएको हो ।
रित बहादुर खड्का ‘प्रताप’ को व्यक्तित्व र कृतित्व र स्मृतिको निरन्तरताका लागि सर्वाधिक पुरस्कार राशिको खेल हुन लागेको सञ्जालका अध्यक्ष पुष्कर अधिकारीले बताए ।
त्यस्तै प्रतियोगिताको विषयमा सञ्जालले सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलनमार्फत जानाकारी गराउने छ । प्रतियोगितामा विजेता, उपविजेता, तृतीय र सान्त्वना हुने टिमलाई क्रमशः २ लाख ५१ हजार, १ लाख ५१ हजार, ५१ हजार र २१ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । खेल सदरमुकाम चरिकोटस्थित भिमेश्वर रंगशालामा हुनेछ ।