दोलखा । दोलखा स्थित एपेक्स स्कूलको आयोजना तथा जिल्ला ट्राफिक कार्यालय दोलखाको सहकार्यमा ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी जानकारीमूलक कार्यक्रम सञ्चालन गरिएको छ।
पछिल्लो समय दैनिकजसो देशको विभिन्न ठाउँहरु बाट दुर्घटनाको खबर आउन थालेपछि यो कार्यक्रम संचालन गरिएको एपेक्स स्कूलका प्रिन्सिपल नसिव कायस्थले बताए ।
कार्यक्रम गरेपछि ट्राफिक नियम सम्बन्धी जनचेतनाको विकास हुने, सवारी दुर्घटनामा कमी आउने, सडक सवारी सुरक्षा थप बलियो हुने, जनधनको क्षति न्यूनीकरण हुने अपेक्षा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रहरी सहायक निरीक्षक देव कुमार घिसिङ्गले बताए ।
शुक्रबार आयोजित कार्यक्रममा नर्सरी देखि कक्षा ७ सम्मका विद्यार्थीको सहभागिता रहेको थियो।