राजकुमार भुजेल,दोलखा। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) तामाकोशी गाउँपालिकाको अध्यक्षमा सुजन महत सर्वसम्मत चयन भएका छन्। सोमबार गाउँपालिका स्थित गाेल्मेश्वर माध्यमिक विद्यालय मालुमा सम्पन्न भएको दोस्रो सम्मेलनबाट महतको अध्यक्षतामा ४१ नयाँ कमिटी चयन गरेको हो।
कमिटीको उपाध्यक्षमा विनुता महत, रेखा खत्री, सचिव अभिनाश फुयाल सह-सचिवमा सुमन खाती र रेखा कार्की चयन भएका छन् भने काेषध्यक्षमा सन्जिता खड्का सहित ४१ नवनिर्वाचित कमिटी चयन गरेको छ। उक्त सम्मेलनबाट निर्वाचित हुने पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
त्यस्तै अखिल(क्रान्तिकारी) केन्द्रिय उप-महासचिव प्रशुन कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मेलनमा संगठनका केन्द्रीय सचिव चन्द्र कुमार लामा, माओवादी केन्द्रका युवा नेता सन्तोष फुयाल, उपेन्द्र अधिकारी,नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिका कमिटीका अध्यक्ष राजु शर्मा, क्रान्तिकारी दोलखाका सह-संयोजक हरि खड्का,बिकल खड्का, विद्यार्थी नेता कमल थापामगर,अमर श्रेष्ठ लगायत पार्टी तथा विद्यार्थी संगठनका नेता, कार्यकर्ताहरुको उपस्थिति थियो।
क्रान्तिकारी दोलखाले अहिले जिल्ला भरका नगरपालिका र गाउँपालिकामा सम्मेलन सकेर २० औँ जिल्ला सम्मेलन गर्ने तयारीलाई समेत तिव्रता दिइरहेको छ।