राजकुमार भुजेल,दोलखा। दोलखामा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको छ। जि.पी कोईराला फाउण्डेशन दोलखाको आयोजना तथा पूर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाको १४ औँ स्मृति दिवस र आदर्श पुरुष स्व. भीम बहादुर तामाङको सम्झनामा विद्यार्थीहरुलाई निःशुल्क तयारी कोचिङ कक्षा संचालन गरेको हो।
फाउण्डेशनका अध्यक्ष राकेश श्रेष्ठको विशेष पहलमा भएको निःशुल्क तयारी कोचिङ कक्षा संचालनको उद्घाटन बुधबार नेपाली काङ्ग्रेस दोलखाका सभापति बर्मा लामाले गरे । सो अवसरमा उनले जिल्लामा आर्थिक अवस्था कमजोर भएका, जेहेन्दार र जिल्लाका दुर्गम भेगका विद्यार्थीलाई एकैठाउँ समेटेर निःशुल्क कोचिङ कलस सञ्चालन गरी विद्यार्थीहरुको हक अधिकार र संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जिकिर गरे । जिल्लाका दुर्गम भेकका विद्यार्थीहरुले समेत प्रतिनिधित्व गर्ने भएकाले निःशुल्क कक्षा वर्तमान सन्दर्भमा सान्दर्भिक भएको बताउँदै स्व. गिरिजाप्रसाद कोइरालाले नेपाली राजनीतिक आन्दोलनमा निर्णायक भुमिका खेलेकै कारण देशले जिवन्त सम्म सम्झिरहने धारणा व्यक्त गरे ।
त्यस्तै भिमेश्वर नगरपालिका नगर प्रमुख ईश्वर नारायण मानन्धरले आदर्श पुरुष स्व. भिमबहादुर तामाङलाई स्मरण गर्दै भिमबहादुरले देखाएको पहिचान भेटिने जातिय दोन्द मेटिने मार्गमा देश अगाडि बढे देश भष्ट्राचार मुक्त हुने बताउदैँ विद्यार्थीहरुले पढाई सँगसँगै अतिरिक्त क्रियाकलापमा समेत सहभागि भई आआफ्नो क्षमता प्रस्फुटन गर्न निःशुल्क कक्षा सञ्चालनमा उपस्थित भएका विद्यार्थीलाई आग्रह गरे ।
फाउण्डेशनका अध्यक्ष श्रेष्ठले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई १ महिना निःशुल्क कोचिङ कक्षा सञ्चालन गरी व्यवस्थापकिय पक्ष समेत मजबुत बनाई अघि बढ्नुका साथै आगामी दिनमा यो अभियानलाई निरन्तर अघि बढाउने प्रतिवद्धता जाहेर गरे। सदरमुकाम चरिकोट स्थित कालिन्चोक माध्यमिक विद्यालयमा सञ्चालन भएको तयारी कोचिङ कक्षामा विद्यार्थीहरुलाई कोचिङ कक्षामा अनिवार्य अंग्रेजी, अकाउन्ट, ऐच्छिक गणित,विज्ञान विषय पढाएको स्कुल शिक्षा विज्ञान तथा प्रविधि विभाग दोलखाका प्रमुख राजन बस्नेतले जानाकारी दिए।
फाउण्डेशनका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस दोलखाका सभापति लामा, नगरप्रमुख मानन्धर, तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसी,नेपाल शिक्षक सङ्घका केन्द्रिय उपमहासचिव गिता शिवाकोटी,नेपाली काङ्ग्रेस दोलखाका पार्टी सचिव दावा साङ्गे शेर्पा , क्षेत्रीय सभापति शुक्रराज तमाङ, नेपाल पत्रकार महासंघका केन्द्रिय रमेश खतिवडा, नेपाल तरुण दलका केन्दि्रत सदस्य भिम खड्का, नेपाल काङ्ग्रेस दोलखाका युवा नेता विराजमान श्रेष्ठ,पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंङकर चौलागाईं, नेपाल शिक्षक संघ दोलखाका अध्यक्ष गोविन्द नारायण मानन्धर लगाएतले शुभकामना मनतव्य व्यक्त गरेका थिए भने शिक्षक, सञ्चारकर्मी, विद्यार्थी लगाएतको उपस्थिती रहेको थियो।