राजकुमार भुजेल,दोलखा।नेकपा (माओवादी केन्द्र) दोलखाले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु सँग अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरेको छ ।बिहिबार जिल्लाको जिरी नगरपालिकाको शहिद आवासिय माध्यमिक विद्यालयमा पुर्व मन्त्री विशाल खड्काको प्रमुख आतिथ्यतामा स्थानीय तह र वडामा निर्वाचित जनप्रतिनिधिहरु सँग अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो।
छलफलका क्रममा सरकारले गरेका कामहरुको बारेमा नागरिकलाई जानकारी गराउने, निर्वाचित जनप्रतिनिधि हरुले नागरिकका पक्षमा काम गर्ने र सरकारी सेवालाई सर्वसुलभ रुपमा प्राप्त गर्ने वातावरणको निर्माण गर्नुपर्ने लगायतका बिषय उठेका छन् । यस्तै स्थानीय तहका जनप्रतिनिधिहरुले पनि जनमुखी भएर काम गर्नुपर्नेमा छलफलमा जोड दिएका थिए।
त्यस्तै नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कमल श्रेष्ठ (ज्योति) को अध्यक्षतामा सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रम पार्टी जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो।