काठमाडौं। आजदेखि नयाँ बर्ष विक्रम संवत् २०८१ शुरू भएको छ । नयाँ बर्ष २०८१ को आज पहिलो दिन वैशाख १ गते, नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन हो । यस दिनलाई वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनको रूपमा लिने गरिन्छ ।विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो।
सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवतकाे पूरानो वर्ष सकिएर नयाँ वर्ष शुरू हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ ।