दोलखा। सरकारले दोलखा चलचित्र नगरी (फिल्म सिटी) निर्माणका लागि निजी तथा साझेदारीमा निर्माण कार्य अगाडि बढाउने भएको छ ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गर्दै दोलखा चलचित्र नगरी (फिल्म सिटी ) निर्माणका लागि निजी तथा साझेदारीमा निर्माण कार्य अघाडी बढाउने घोषणा गरेको हो । सरकारले विगतका वर्षहरूमा दोलखाको भिमेश्वर नगरपालिका – ९ स्थित डाङडुङ्गे डाँडामा अवस्थित अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी)लाई प्राथमिकतामा राख्दै आएको छ। ऐतिहासिक, पुरातात्विक, प्राकृतिक तथा धार्मिक सम्पदाले भरिपूर्ण दोलखामा निर्माण गर्न लागिएको फिल्म सिटी नेपालकै पहिलो हो ।
त्यस्तै काभ्रेपलाञ्चोकको बनेपामा पनि चलचित्र छायाङ्कन स्टुडियो निर्माण कार्य शुरू गर्ने भएको छ।