दोलखा। नेकपा (माओवादी) केन्द्र निकट विद्यार्थी भात्री सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) दोलखाको २० औँ जिल्ला सम्मेलन आगामी असार २ गते हुने भएको छ।
आगामी असार २ गते “२३ औँ प्रताप स्मृति दिवस” को अवसरमा जिल्लाको उत्तरी भेग सिङ्गटीमा रहेको प्रताप स्मृति कलेजमा भव्यरुपमा सम्पन्न गर्न लागेको संङगठनले जनाएको छ।
सम्मेलनबाट संङगठनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । त्यस्तै सङ्गठनले सम्मेलनको मिति तय भएसँगै जिल्ला कमिटी सदस्य तथा सबै पालिकाका पदाधिकारीहरुलाई भव्यरुपमा सफल पार्न तयारीमा जुट्न आग्रह गरेको छ।