काठमाडौं। नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा सहभागी भएका दुई मन्त्रीले राजीनामा नदिने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूहरुको विश्वासको मत रहेको भन्दै पार्टीबाट सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा नदिने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभएको छ ।
एकीकृत समाजवादीबाट सरकारमा सहरी विकासमन्त्री धनबहादुर बुढा र सामान्य प्रशासन मन्त्रालयमा भानुभक्त जोशी हुनुहुन्छ ।