नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलिले आज प्रतिनिधिसभाबाट बिश्वासको मत लिने भएका छन् । जसका लागि आज दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।
असारको ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले संवैधानिक व्यवस्था बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको लिनुपर्ने संवैधानिक प्रावधान छ ।