हेर्दाहेर्दै डेक्स काठमाडौं।
सेयर कारोबार हुने साताको चौथो दिन दोहोरो अंकले घटेको छ । अघिल्लो दिन पनि दोहोरो अंकले घटेको बजार आज १४ अंकले घटेर बन्द भएको हो ।
आज सेयर बजार परिसूचक १४ दशमलव १२ अंकले घटेर २७३४ दशमलव ८३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेको दिन समग्र बजार परिसूचक राताम्य भएर बन्द भएको हो । आज १३८ कम्पनीको सेयर मूल्य घट्यो भने ९९ कम्पनीको सेयर मूल्य बढेको छ ।
त्यस्तै ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।