राजकुमार भुजेल,दोलखा।
दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पदको लागि उप-निर्वाचन हुदैँछ। आगामी मंसिर १६ हुने निर्वाचन नजिकिदैं गर्दा अहिले पार्टी प्रवेशको लर्को लागेको छ।
बुधबार नेकपा माओवादी केन्द्र गौरीशंकर -७ वडा कमिटिले आयोजना गरेको निमलेकी शेर्पा (डोल्मा) जिताऊ अभियान तथा शुभकामना कार्यक्रममा नेकपा एमाले परित्याग गरि नेकपा माओवादीमा दिल बहादुर मगर ,तारा देवी गुरुङ र बिपना गुरुङ प्रवेश गरका छन्।
यद्धपी निमलेकीले गाउँपालिकाका जनताको बलियो साथ पाइरहेको बेला अन्य ठुला राजनितिक दलहरुबाट नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने लहरले झनै उत्साह थपेको छ भने गत हप्ता मात्र सुरीमा भएको कार्यक्रममा पनि एकै वडाबाट १ दर्जनभन्दा बढी माओवादीमा प्रवेश गरेका थिए।